नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर प्रश्न गरेका छन् । प्रवक्ता शर्माले ओलीको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन् ।
प्रधानमन्त्री ओलीले मदन जयन्तीको अवसरमा बालुवाटारमा दिएको अभिव्यक्तिसँग सम्बन्धित रहेर प्रवक्ता शर्माले प्रश्न गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कांग्रेस सँगको सहकार्य र माधव नेपाललाई इंगित गरेर ओलीले दिएको अभिव्यक्तिलाई लिएर उनले प्रश्न गरेका हुन् ।
शर्माले सोधेका छन्, 'प्रचण्डसँग एमालेको एकता ठीक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठीक ?' शर्माले आफूसँग मिलेका बखत मात्रै ठीक नत्र बेठीक भन्ने अोलीको अभिव्यक्तिमाथि प्रश्न गरेका हुन् ।
माधव नेपालको विषयमा ओलीले गरेको टिप्पणी अशोभनीय भएको पनि प्रवक्ता शर्माले बताएका छन् । उनले लेखेका छन्, 'साथ छँदा आन्द्रा गाँस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ? अझ माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौँ कि दयनीय ?'
प्रचण्डसंग एमालेको एकता ठिक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक ? साथ छंदा आन्द्रा गांस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ? अझ माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौं कि दयनीय ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 28, 2021
सम्माननिय @Pm_Nepal विनम्रसंग शोध्छु अभिव्यक्तिमा चरम आवेगको यो कस्तो
`भेरिएन्ट´ ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।