भन्सार छलेर ल्याइएकाे कम्प्युटर पार्ट्स प्रहरी नियन्त्रणमा

वीरगंज महानगरपालिका-१६ नगवास्थित सडकबाट भन्सार छलि ल्याउँदै गरेको करिब १७ लाख रुपैयाँ बराबरको ४९ सिपियू र ७८ थान हार्ड डिक्स सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साबाट डियुटीमा खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरुले भन्सार छलि ल्याउँदै गरेको उक्त पार्टसहरु छोडी फरार भएपश्चात प्रहरीले बरामद गरेको हो । 

बरामद सामानहरु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 
 





  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार १९:२२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया