मेसी अर्जेन्टिनाका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी

अर्जेन्टिनाका कप्तान लियोन मेसीले नयाँ कीर्तिमान आफ्नो नाममा गराएका छन् । जारी कोपा अमेरिकामा मंगलबार बेलिभियाविरुद्ध मैदान उत्रिँदै उनी अर्जेन्टिनाका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बने । 

सन् २००५ मा हंगेरी विरुद्धको मैत्रीपूर्ण खेलमार्फत अर्जेन्टिनाको सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका मेसीको यो १४८ औँ खेल हो । 

मेसीले राष्ट्रिय टिमका पूर्व डिफेन्डर जाभियर मासेरानोलाई पछि पार्दै यो कीर्तिमान कायम गरेका हुन् । मासेरानोले सन् २००३ देखि २०१८ सम्म अर्जेन्टिनाका लागि १४७ अन्तर्राष्ट्रिय खेल खेलेका थिए । 

हालसम्म सिनियर टोलीका लागि मेसीले ७३ गोल गरेका छन् ।
 





  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार ६:२५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया