कोरोनाको हटस्पट बनेको छिमेकी मुलुक भारतमा कोरोना संक्रमण घट्दै गएको छ । पछिल्लो २४ घन्टामा भारतमा थप ३७ हजार ३७ जनामा संक्रमण पुष्टि भएको छ । यसै गरी पछिल्लो २४ घन्टामा थप ९०७ जनाले ज्यान गुमाएका छन् ।
भारतमा अहिले पनि पाँच लाखभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । २ करोड ९३ लाखभन्दा धेरै संक्रमित संक्रमणमुक्त भइ घर फर्किसकेका छन् ।
हालसम्म भारतमा कोरोना भाइरसबाट ३ लाख ९६ हजारभन्दा धेरैको ज्यान गइसकेको छ भने तीन करोड २ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ ।
कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित अमेरिका बनेको छ । अमेरिकामा हालसम्म ६ लाख ४ हजारभन्दा धेरैको ज्यान गइसकेको छ भने ३ करोड ३६ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् ।
अमेरिकापछि सबैभन्दा धेरै मृत्यु ब्राजिलमा भएको छ । ब्राजिलमा हालसम्म ५ लाख १४ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।
संक्रमितका हिसाबले भारत अमेरिकापछि दोस्रो र मर्नेको हिसाबले अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।