निर्माण सम्पन्न हुँदै चोभारको सुख्खा बन्दरगाह

चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ ।

इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारको सुक्खा बन्दरगाह यही असार मसान्तभित्र सम्पन्न हुने बताएका छन् । ‘बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ’, उनले भने । बन्दरगाह सञ्चालनका लागि पूर्वाधार बनिसकेको र साथै केही बाँकी रहेका काम पनि यसै आर्थिक वर्षभित्रै सम्पन्न गरिने उनले बताए ।

वीरगञ्ज, विराटनगर, भैरहवा र नेपालगञ्जमा क्लियर नगरी सामग्री एकैचोटी काठमाडौंमै क्लियर गर्न सकिने हुँदा बन्दरगाहले व्यापारलाई सहजीकरण र सामानको ढुवानी ओसार-पसार गर्ने मूल्यलाई घटाउन योगदान गर्ने उनले बताए । बन्दरगाहको लागत अनुमान भने १ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।





  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार ८:३७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया