सेती प्रदेशिक अस्पताललाई ३५ थान अक्सिजन सिलिन्डर

सेती प्रादेशिक अस्पताललाई राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति कैलालीको पहलमा ३५ थान अक्सिजन सिलिन्डर प्रदान गरिएको छ । 

हङकङ स्थायी निवासी सिन हौतुङ र अमरधन मेमोरियल फाउन्डेसनका संस्थापक त्रिलोक गुरुङको सहयोगमा ३५ थान अक्सिजन सिलिन्डर  हस्तान्तरण गरिएको राप्रपाका युवा नेता पुरु दाहालले बताए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य ललित जोशी, छत्र मल्ल, कैलाली जिल्ला अध्यक्ष होम बहादुर गुरुङ लगायत विभिन्न भ्रातृ संगठनका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
 





  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार १०:१९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया