पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । यसै गरी एक जना घाइते भएका छन् ।
मंगलबार बिहान जिल्लाको सखुवाप्रसौनी गाउँपालिका-४ देवरबानाका ५५ वर्षीय रघुवीर यादवको भैंसी चराउने क्रममा आफ्नै खेतमा चट्याङ लागी घटनास्थलमै मृत्यु भएको हो ।
यसै गरी जिल्लाको पटेर्वासुगौली गाउँपालिका-१ गदियानीका २७ वर्षीय रुस्लान गदीको पनि चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । गदीसँगै भैंसी चराउन गएका राजवली गदी चट्याङ लागेर गम्भीर घाइते भएका छन् । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
खेतमा धान रोप्न गएका बेलामा चट्याङ लागेर जिल्लाको जिराभवानी गाउँपालिका-३ जितपुरकी ५० वर्षीया असतुरनी देवी थारुको पनि घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।