गायक मिराज अर्याल नयाँ गीतका साथमा बजारमा आएका छन् । उनले पछिल्लो पटक ‘दिलको रिलैमा’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
रिमा इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतमा कृष्ण अर्यालको शब्द तथा संगीत सुन्न सकिन्छ । डान्सिङ शैलीमा तयार पारिएको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।
सार्वजनिक म्युजिक भिडियोमा मनोज खड्का र चाहना राना मगर फिचर्ड छन् । भिडियोमा मिराजकै छायांकन, सम्पादन तथा निर्देशन छ ।
विवेक खड्काको कोरियोग्राफी रहेको गीतको म्युजिक भिडियोमा गणेश भट्टको र्याप छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।