प्रदेश १ : प्रदेशसभा बैठक आज पनि अवरुद्ध

प्रदेश १ को प्रदेशसभा सोमबार पनि अवरुद्ध भएको छ । विपक्षी दल नेकपा माओवादी केन्द्रको अवरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध भएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले संसदमा दिएको अमर्यादित भनाइमा माफी माग्नुपर्ने लगायतका माग राख्दै माओवादी केन्द्रले सदन अवरुद्ध पारेको हो ।

मंगलबारको बैठकमा पनि माओवादी केन्द्रका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले बैठक स्थगित गरे ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भइरहेको बताए ।

मन्त्रीको अभिव्यक्तिपछि अवरुद्ध भएको सदन सुचारु गर्न माओवादी केन्द्रसँगै अन्य प्रतिपक्ष दलसँग पनि छलफल भइरहेको कार्कीले बताए ।

प्रदेश १ को प्रदेशसभा बैठक अब असार २० गते बस्ने गरी स्थगित भएको छ । 





  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार १४:४१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया