रोमाञ्चक जितसँगै दक्षिण अफ्रिकालाई अग्रता

घरेलु टोली वेस्ट इन्डिजविरुद्ध ५ खेलको टि-२० सिरिजको तेस्रो खेलमा दक्षिण अफ्रिकाले जित दर्ता गरेको छ । ऊ मंगलबार राति भएको खेलमा १ रनले विजयी भएको हो  । 

दक्षिण अफ्रिकाले दिएको १६८ रनको लक्ष्य वेस्ट इन्डिजले २० ओभर नै ब्याटिङ गरे पनि ७ विकेट गुमाएर १६६ रन बनाएपछि दक्षिण अफ्रिकाले १ रनको रोमाञ्चक जित दर्ता गरेको हो ।

उसका इभिन लुइस र निकोलस पुरनले समान २७ रनको योगदान दिए । आन्द्रे रसेलले २५ र लिन्डेल सिमोन्सले २२ रन जोडे ।

दक्षिण अफ्रिकाका लागि ताबरेज साम्सी र एनरिच नोत्जेले २-२ विकेट हात पार्दा  कागिसो राबडाले, जर्ज लिन्डे र लुङ्गी एनगिडीले समान १-१ विकेट लिए । 

यसअघि नेस्नल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रनको योगफल तयार पारेको थियो ।

उसका लागि क्विनटन डि ककले अर्धशतकीय पारी खेले । ५१ बलको सामना गरेका उनले ५ चौका र २ छक्काको मद्दतले ७२ रन प्रहार गरे ।



रस्सी भान डेर डुसेनले ३२, एडिन माक्रमले २३ र रिजा हेन्ड्रिक्सले १७ रनको योगदान दिए । 

वेस्ट इन्डिजका लागि ओबेड म्याककोएले ४ र ड्वेन ब्राभोले ३ विकेट लिँदा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।



यो जितसँगै दक्षिण अफ्रिकाले सिरिजमा २-१ को अग्रता लिएको छ । पहिलो खेलमा वेस्ट इन्डिज ८ विकेट र दोस्रो खेलमा दक्षिण अफ्रिका १६ रनले भएका थिए । चौथो खेल जुन १ मा हुनेछ ।

  • प्रकाशित मिति : असार १६, २०७८ बुधबार ६:५२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया