क्यानडामा उच्च गर्मी : शुक्रबारयता १३० भन्दा धेरैको मृत्यु

क्यानडामा उच्च गर्मीका कारण शुक्रबारयता १३० भन्दा धेरैको ज्यान गएको छ । मर्नेहरूमा अधिकांश वृद्धवृद्धा रहेका छन् ।

भ्यानकुभरमा मात्र ६५ जनाले ज्यान गुमाएका छन् । यसै गरी बर्नबाइमा ३४ र सर्ररेमा ३८ जनाले ज्यान गुमाएका छन् । 

हिजाे (मंगलबार) क्यानडामा तापक्रम ४९.५ डिग्री सेल्सियस पुगेको थियो । जुन आजसम्मकै उच्च तापक्रम हो । याे साताभन्दा अगाडि क्यानडामा तापक्रम कहिल्यै ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको थिएन ।

‘भ्यानकुभरमा यस्तो गर्मी कहिल्यै भएको थिएन । दुखको कुरा गर्मीका कारणले दर्जनौँ मानिस मरिरहेका छन् । हामीले मानिसलाई सुरक्षित राख्न प्रयास गरिरहेका छौँ’, प्रहरी हवलदार स्टिभ एडिसनले भने ।

प्रशासनले मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ । मानिसहरू विभिन्न तरिका अपनाएर गर्मी भगाउने प्रयास गरिरहेका छन् ।

अझै केही दिन तापक्रम उच्च रहने चेतावनी दिइएको छ । 
 





  • प्रकाशित मिति : असार १६, २०७८ बुधबार ११:४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया