पल शाहलाई रियल हिरोको सम्मान

अभिनेता पल शाहलाई ‘रियल हिरो अफ दि इयर’ बाट सम्मानित गरिएको छ । रजतपट कोसेली अभियान अन्तर्गत उनलाई बुधबार सम्मान गरिएको हो ।

महामारीको समयमा समस्यामा परेका चलचित्रकर्मीहरूलाई सहयोग गर्ने उद्देश्यले ‘रजतपट कोसेली अभियान’ सुरु गरिएको थियो । यही अभियान अन्तर्गत पललाई सामाजिक सेवामा उत्कृष्ट काम गरेको भन्दै ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको हो ।

कोरोना कहरको दोस्रो लहरमा अभिनेता पल शाह बिरामीको सेवामा खटिए । अघिल्लो लकडाउनको समयमै विभिन्न किसिमले सेवा गर्दै आएका पल दोस्रो लहरमा भने फिल्डमै खटिए । उनी कहिले खाद्यान्न बोकेर पीडितका घरमा पुगे । कहिले अक्सिजनका सिलिन्डर बोकेर विभिन्न अस्पतालमा । पलको यही सामाजिक कार्यलाई हेरेर सम्मान प्रदान गरिएको हो ।

पललाई ७ किलोको माला सहित सम्मान गरिएको थियो । सम्मान ग्रहणपछि पलले आफूलाई अझैं जिम्मेवार भएर सामाजिक कार्यमा लाग्न हौसला मिलेको बताए ।





  • प्रकाशित मिति : असार १६, २०७८ बुधबार १६:१४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया