स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलन हुने

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन आगामी बिहीबारदेखि सुरू हुने भएको छ ।

स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबार पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन १७ र १८  गते हुने बताएको हो । ‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान नीति र कार्यन्वयनको लागि प्रमाण’भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनमा वैज्ञानिक, शोधकर्ता, विश्वविद्यालयहरू, विद्यार्थी, बाह्य विकास साझेदारहरू, स्वास्थ्य विज्ञ, मेडिकल चिकित्सकलगायतको सहभागिता रहने बताइएको छ ।

दुई दिने सम्मेलनमा लागि जनस्वास्थ्यसँग सम्बन्धित स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरूले ४७ वटा अनुसन्धान मूलक कार्यहरूको मौखिक प्रस्तुति, १९ पोस्टर प्रस्तुति तथा २४ वटा आमन्त्रित प्रस्तुति हुने परिषद्का प्रमुख डा. प्रदीप ज्ञवालीले बताए ।

यसपटकको सम्मेलनमा पहिलो दिनमा कोभिड १९ जनस्वास्थ्य संकट, नसर्ने रोगहरू तथा स्वास्थ्य प्रणाली र नीतिसम्बन्धी आमन्त्रित विज्ञहरू र प्रस्तुतकर्ताहरूको प्रस्तुति हुने पत्रकार सम्मेलनमा बताइएको छ । परिषद्ले ७ वर्षदेखि आफ्नो स्थापनाको दिन पारेर स्वास्थ्य तथा जनसंख्यासम्बन्धी वैज्ञानिक सम्मेलन गर्दै आएको छ ।





  • प्रकाशित मिति : असार १६, २०७८ बुधबार १९:४३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया