गठबन्धनलाई लामो समयसम्म लैजानुपर्ने आवश्यकता छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विभिन्न आन्दोलन र सङ्घर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्ने कामबाट राजनीतिक दलका नेताहरू चुकेको बताएका छन् । विपक्षी गठबन्धनले नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीसँग बुधबार गरेको अन्तर्क्रियामा बोल्दै नेता यादवले यस्तो बताएका हुन् । 

विगतदेखि वर्तमानसम्म प्रतिगमनलाई परास्त गर्न सजिलो नभएको र परिर्वतन संस्थागत भई जीवन प्रणालीमा रूपान्तरण नभएसम्म प्रतिगमनको खतरा कायमै हुने भएकाले परिवर्तनलाई संस्थागत गर्ने काममा सबैको प्रयास हुनुपर्ने उनले बताए । राजनीतिक परिवर्तनलाई संस्थागत नगरेसम्म प्रतिगमनको खतरा कायमै रहने उनको भनाइ छ । 

 विपक्षी दलको वर्तमान गठबन्धनलाई लामो समयसम्म लैजानुपर्ने बताउँदै उनले भने, ‘जबसम्म परिवर्तन सम्पूर्ण रूपले संस्थागत हुँदैन । प्रतिगमनको खतरा रहिरहने हुनाले अब यो गठबन्धनलाई हामीले लामो समयसम्म लैजानुपर्ने आवश्यकता छ र यही आवश्यकतालाई महसुस गरेर नै लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्दै अघि बढ्ने हाम्रो प्रयास रहन्छ ।’

देशको परिवर्तनलाई जोगाउन सम्पूर्ण राजनीतिक दल एकजुट हुनुपर्ने बताउँदै उनले प्रतिगमन परास्त भएपछि वर्तमान गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि खाका तय गर्नुपर्ने बताए । 





  • प्रकाशित मिति : असार १६, २०७८ बुधबार २०:५२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया