भारतमा थप ८१७ कोरोना संक्रमितको मृत्यु

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा थप ८१७ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यसै गरी थप ४५ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६० हजारभन्दा धेरै संक्रमित संक्रमणमुक्त भएका छन् । भारतमा अहिले पाँच लाखभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । २ करोड ९४ लाखभन्दा धेरै संक्रमणमुक्त भएका छन् ।

हालसम्म भारतमा कोरोना भाइरसबाट तीन करोड ६० लाखभन्दा धेरै संक्रमित भइसकेका छन् । यसै गरी संक्रमणबाट तीन लाख ९८ हजार ४४५ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित अमेरिका बनेको  छ । अमेरिकामा हालसम्म ६ लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । संक्रमितका हिसाबले भारत अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । मृत्युका हिसाबले भने अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा अवस्थित छ । 





  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार ८:४९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया