बाटो ढुकेर महिला र बालिकालाई यौन दुर्व्यवहार गर्दै आएका पुरुष पक्राउ
सांकेतिक फोटो

बाटोमा हिँड्ने महिला र बालिकाहरूलाई दुर्व्यवहार गर्ने एक पुरुष पक्राउ परेका छन्। रामेछाप जिल्ला सुनापति गाउँपालिका–५ रुपाकोट घर भएका चमार सिं तामाङ भक्तपुरमा पक्राउ परेका हुन्। भक्तपुर प्रहरीले दिएको जानकारी अनुसार उनी  चाँगुनारायण नगरपालिका–६ मा बस्दै आएका थिए। 

प्रहरीका अनुसार तामाङ मोटरसाइकलमा लिएर एकान्त बाटोमा गएर बस्थे । त्यो बाटो भएर हिँड्ने महिला तथा बालिकाका संवेदनशील अंग छुने, आफ्नो यौनाङ्ग देखाउने गरी दुर्व्यवहार गर्दै आएका थिए । 

 बिहान उज्यालो नहुँदै र साँझ भएपछि उनले यस्ता व्यवहार गर्ने गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएका छन् । 

उनले महिलाका स्तन लगायतका संवेदनशील अंगमा हिर्काएर भाग्ने समेत गर्थे । उनी पक्राउ परेपछि आफू पनि तामाङबाट पीडित भएको भन्दै महानगरीय प्रहरी वृत्त जगातीमा दर्जन बढी महिला, तथा बालबालिका सम्पर्कमा आएको प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार उनले १४ वर्षीया बालिकादेखि ६० वर्षीया वृद्धलाई समेत यस खालको दुव्र्यहार गरेको पाइएको छ ।  बुधबारसम्म प्रहरीको सम्पर्कमा आएको थुप्रै महिलाले तामाङ विरुद्ध किटानी जाहेरी दिएका छन् । 

सात दिनको म्याद थप गरी थुनामा राखेका उनलाई प्रहरीले आधा दर्जन भन्दा बढी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ । 
 





  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार ११:२६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया