भारतमा बनेको अर्काे कोरोना खोपले माग्यो प्रयोगको अनुमति, तीन डोज लगाउनु पर्ने

भारतमा एक नयाँ कोरोना खोपले प्रयोगका  लागि अनुमति मागेको छ । भारतीय मिडियाका अनुसार भारतको औषधि उत्पादक कम्पनी जायडस क्याडिलाले आफूले बनाएको खोप प्रयोगका लागि अनुमति मागेको हो । जिडस क्याडिलले निर्माण गरेको जायकोभ–डी नामको कोरोना खोप आपतकालीन प्रयोगको अनुमति दिन भारतको औषधि सम्बन्धी नियामक निकाय डिसिजीआईसँग माग गरेको छ । 

यस खोपको तेस्रो चरणको परीक्षण पूरा भएको र यो ६६.६ प्रतिशत प्रभावकारी देखिएको कम्पनीले दावी गरेको छ । 

भारतका कोरोनाको दोस्रो पिक अवस्थामा पुगेको समयदेखि यसको प्रयोग भएको थियो । ३ चरणको परीक्षणमा २८०० जनामाथि गरिएको थियो । जसमा १००० जना १२ देखि १८ वर्ष उमेरका व्यक्तिहरु थिए । 

जायकोभ–डी खोप डेल्टा प्लस भेरियन्टका लागि पनि प्रभावकारी रहेको दावी उत्पादक कम्पनी जायडस क्याडिलाले गरेको छ । यसअघिका जस्तो दुई वा एक डोज मात्रै नभई यो तीन डोज लगाउनु पर्ने कम्पनीले जनाएको छ । 

यो खोपले अनुमति पाएमा भारतमा आपतकालीन प्रयोगको अनुमति पाउने कोरोना खोपको संख्या ५ हुनेछ । अक्फोर्ड–एक्ट्राजेनिकासँग सहकार्य गरी भारतमा उत्पादन भएको कोभिशिल्डले सबैभन्दा पहिले अनुमति पाएको थियो । भारतमै उत्पादित खोप कोभ्याक्सिनले पनि अनुमति पाएको छ । अमेरिकी खोप मोर्डना र रुसले उत्पादन गरेको स्तुपनिक भी ले पनि भारतको प्रयोगको अनुमति पाएको छ। 





  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार १२:४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया