दीपिका र दिवाकरले सुरु गरे सहकारी

नेपाली चलचित्रका जोडी कलाकार अभिनेत्री दीपिका प्रसाइँ र निर्देशक दिवाकर भट्टराईले वित्तिय सहकारी व्यवसाय सुरु गरेका छन् । कोरोना महामारीपछि थुप्रै कलाकारले वैकल्पिक व्यवसाय रोजिरहेका छन् । यही क्रममा यो जोडीले बिहीबार ललितपुर कुमारीपाटीमा सहकारीको आउटलेट शुभारम्भ गरेको छ ।

महामारीका कारण मनोरञ्जन क्षेत्र ठप्प हुँदा दीपिका र दिवाकर पनि फुर्सदमा थिए । अब मनोरञ्जन क्षेत्र चलायमान नहुँदासम्म सहकारीमै व्यस्त हुने भएका छन् । फिल्मसँगै सहकारीलाई पनि अगाडि बढाउने उद्देश्यले सहकारी खोलेको बताउँदै निर्देशक भट्टराईले भने, ‘अब फिल्म र व्यवसायमा समय मिलाएर अघि बढ्नेछौँ ।’

दीवाकर र दीपिका चलचित्र ‘तिमीसँगै हुने मन छ’ को छायांकनको तयारी गर्दै थिए । यही बेला निषेधाज्ञा जारी भयो । त्यसपछि रोकिएको चलचित्रको अहिले प्रि-प्रोडक्सन काम सकिएको छ । अवस्था सहज भएपछि छायांकनमा जाने दिवाकर बताउँछन् । 





  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार १४:२५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया