विराटनगरमा ७० बोरा चिनी बरामद

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ७० बोरा चिनी सहितको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार दिउँसो विराटनगर महानगरपालिका -६ बम्हपुरा क्षेत्रमा गस्तीमा रहेको टोलीले ७० बोरा चिनी सहितको ट्रक नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीले को १ ख २१२९ नम्बरको ट्रकमा लोड गरेर विराटनगर बजारतर्फ ल्याउँदै  गरेको चिनी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बराह बाहिनीका प्रमुख विश्वराज दाहालले बताए ।

दाहालका  अनुसार चालकसहित नियन्त्रणमा लिइएको ट्रक र चिनी भन्सार कार्यालय विराटनगरमा बुझाउने तयारी भइरहेको छ । 

बरामद भएको चिनीको मुल्य दुई लाख १० हजार बराबर छ ।





  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार १४:५७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया