डब्ल्युएचओको चेतावनी : युरोपमा काेराेनाकाे नयाँ लहर फैलिन सक्छ

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले युरोपमा नयाँ लहर फैलिन सक्ने भन्दै चेतावनी दिएको छ । 

युरोपका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि डब्ल्युएचओले यस्तो चेतावनी दिएको हो ।

कोरोनाले निकै आक्रान्त पारेको युरोपमा जनजीवन सहजतर्फ जाँदै थियो । झण्डै दुई महिनापछि संक्रमितको संख्यामा बढोत्तरी हुन पुगेसँगै डब्ल्युएचओले चिन्ता व्यक्त गरेको हो । 

हिजो(अर्थात्) बिहीबार पत्रकार सम्मेलनमा बोल्दै डब्ल्युएचओले युरोपमा संक्रमितको संख्या १० प्रतिशतले वृद्धि भएको भन्दै सावधानी अपनाउन आग्रह गरेको थियो ।

डब्ल्युएचओले नयाँ लहरमा डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिने भन्दै युरोपेली देशमा मास्क लगाउन, सामाजिक दूरी कायम राख्न, साबुनपानी तथा सेनिटाइजर प्रयोग गरिरहन आग्रह गरेको छ ।





  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार ७:५०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया