तनहुँमा पहिरोमा परेका दुई जनाको जीवितै उद्धार गरिएको छ ।
जिल्लाको लमजुङ बेँसी सहर नगरपालिका-१० निवासी २४ वर्षीय सरोज रिमाल र ३५ वर्षीय सुनिल रावलको उद्धार भएको हो ।
शुक्रबार बिहान अन्दाजी पाँच बजेको समयमा घरमाथिबाट खसेको पहिरोले पुरिँदा रिमाल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।
घाइते दुवैलाई लमजुङ अस्पतालमा उपचारका लागि पठाइएको छ ।
बिहीबार बिहान पहिरोमा पुरिँदा बन्दीपुर गाउँपालिका-३ तामुङका हरिमाया बसेल र सरस्वती थापाको मृत्यु भएको थियो । यसै गरी तीन जना घाइते भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।