ओलीले बोलाएको बैठकमा सहभागी हुन बालुवाटार पुगे वामदेव गौतम
फरकधार / १८ असार, २०७८

नेकपा(एमाले) का उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन । उनी आजबाट जारी केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगेका हुन ।



एमाले ०७५ जेठ ३ गते पूर्वकाे केन्द्रीय कमिटी बैठक बालुवाटारमा आजबाट बस्ने भएको छ । बैठकमा असन्तुष्ट माधव नेपाल पक्षलाई पनि बोलाइएको छ ।

तर नेपाल पक्षले भने आजको बैठकमा उपस्थित नहुने निर्णय गरिसकेको छ । हिजो बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।

पार्टी एकता हुनुपर्ने मत राख्दै आएका गौतम भने अहिलेसम्म कतै देखिएका छैनन् ।



उनको आजको यो बैठकमा भएको सहभागितालाई अर्थपूर्ण रूपमा हेरिएको छ

 


  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार १०:३८:८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया