पाकिस्तान आइपुग्यो अमेरिकाले दिएको २५ लाख कोरोना खोप

 पाकिस्तानलाई दिएको २५ लाख डोज कोरोना खोप पाकिस्तान आइपुगेको  छ ।  

अमेरिकाबाट शुक्रबार खोप पाकिस्तान आइपुगेको हो । इस्लामावादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पाकिस्तानका लागि अमेरिकी राजदूत एंगेला पि एग्गेलेरले खोप हस्तान्तरण गरेका हुन् । 

अमेरिकाले विश्वका विभिन्न मुलुकलाई ८ करोड डोज कोरोना खोप दिने घोषणा गरेको छ । सोही मध्येबाट पाकिस्तानमा २५ लाख डोज दिइएको हो ।  

अमेरिकाले मोर्डना खोप पाकिस्तानलाई दिएको हो । यसअघि पाकिस्तानमा चिनियाँ खोप सिनोफार्म, सिनोभ्याक लगायत प्रयोगमा आइसकेको छ । कोभ्याक्स सुविधामार्फत अस्ट्राजेनिका खोप पनि पाकिस्तानमा आइसकेको छ । 





  • प्रकाशित मिति : असार १९, २०७८ शनिबार १४:३२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया