खेलकुद महासंघको ‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ अभियान सुरु

नेपाल खेलकुद महासंघले ‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ अभियान सुरु गरेको छ । महासंघले तारकेश्वर नगरपालिका जितपुरफेदीमा रोपाइँ गर्दै सो अभियानको सुरुवात गरेको हो। 

अभियानको शुभारम्भ नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वगृहमन्त्री खगराज अधिकारी प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । पूर्वउद्योगमन्त्री कर्ण थापा र पूर्व खेलकुदमन्त्री तथा महासंघका इन्चार्ज दावा लामा विशेष अतिथि थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले कृषिप्रधान देशमा कृषिसम्बन्धी कार्यक्रम सबैले गर्नुपर्ने बताए । उनले भने, ‘यसले हाम्रो निर्भरता हामीमा नै राख्छ र सबैलाई कृषि कर्ममा लाग्न प्रेरित गर्छ ।’

रोपाइँ कार्यक्रममा कलाकारहरु पूजा शर्मा, वर्षा सिवाकोटी र राज कटुवाल, युद्ध बानियाँलगायत कलाकारको सहभागिता थियो । स्थानीय धर्मस्थली ब्याण्डले बाजा प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । 

कार्यक्रममा महासंघका अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेत, उपाध्यक्ष सुवास श्रेष्ठ, उपमहासचिव रामकृष्ण खडका, शान्तमाया परियार, सचिव रेनुका श्रेष्ठ, उमेश केसीलगायत सहभागी थिए । 

चर्चित फुटबल खेलाडी तथा राखेप सदस्य हरि खड्का, खेलकुद परिषद् सदस्य सम्पन्न श्रेष्ठलगायत पनि कार्यक्रममा सक्रिय रुपमा सहभागी थिए । 





  • प्रकाशित मिति : असार १९, २०७८ शनिबार १७:३७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया