बिजेपीका पुष्कर सिंह धामी उत्तराखण्डको नयाँ मुख्यमन्त्री

छिमेकी राष्ट्र भारतको उत्तराखण्ड राज्यको नयाँ मुख्यमन्त्री भारतीय जना पार्टीका नेता पुष्कर सिंह धामी बनेका छन् । धामी उत्तराखण्डका ११औँ मुख्यमन्त्री बन्न सफल भएका छन् । 

मुख्यमन्त्री तीरथ सिंह रावतले राजीनामा दिएपछि धामी नयाँ मुख्यमन्त्री बन्न सफल भएका हुन् । भाजपाको विधायक दलको आज शनिबार बसेको बैठकले धामीलाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । 

विधायक दलको बैठकले सर्वसम्मत रुपमा धामीलाई नयाँ मुख्यमन्त्री चुनेको हो । धामीको विकल्पमा बैठकमा कुनैपनि व्यक्तिको नाम नआएको बिजेपीले जनाएको छ । 

सन् १९७५ सेप्टेम्बर १६ मा पिथौरागढको टुण्डी गाउँमा जन्मिएका धामी सैन्य परिवारका सदस्य हुन् । उनका पिता भारतीय सेनामा रहेका थिए । 

धामीले उत्तराखण्डका राज्यपाल बेबी रानी मौर्यसामु मुख्यमन्त्री पदको सपथ लिएका हुन् । विवादित बयानका कारण मुख्यमन्त्री रावतले कार्यकालको चौथो महिनामा राजीनामा दिएपछि धामी मुख्यमन्त्री बनेका हुन् । 





  • प्रकाशित मिति : असार १९, २०७८ शनिबार १८:२८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया