गुगलमा नखाेजाैँ यी तीन कुरा

जतिबेला हामीलाई कुनै प्रश्नको जवाफ चाहिन्छ, सबैभन्दा पहिले हामी गुगलको प्रयोग गर्छौं ।

गुगल बाबाले हामीलाई निराश पनि बनाउँदैनन् । उनीसँग विश्वभरका सबै जानकारी संग्रहित छन् । तर, बिर्सेर पनि यी तीन गुगलमा नखोजौं, नत्र पछुताउने पर्ने हुन्छ । 

बम बनाउने तरिका 

गुगलमा बिर्सेर पनि बम बनाउने तरिकाबारे सर्च नगरौँ । जब तपाईं बम बनाउने तरिका या यससँग कुनै प्रश्न गुगलमा टाइप गर्नुहुन्छ, त्यतिबेला गुगलले तपाईंको आइपी एड्रेस सुरक्षा एजेन्जीलाई पठाउँछ । 

आत्महत्या गर्ने तरिका 

यदि आत्महत्या गर्ने तरिकाबारे पनि तपाईं गुगल गर्नुहन्छ भने, गुगलले तपाईंलाई एक हेल्पलाइन नम्बर दिनेछ । र, उक्त नम्बरमा तपाईंले कल गर्नुहुन्छ, जुन एक काउन्सुलरसँग कनेक्ट हुन्छ । उसले तपाईंलाई सम्झाउने कोसिस गर्छ । यस्तै, तपाईंलाई दिएको हेल्पलाइन नम्बरप्रति बेवास्ता गर्दै अन्य नतिजामा जानुहुन्छ भने त्यहाँ कुनै त्यस्तो लेख भेटिने छैन, जसले तपाईंलाई आत्महत्या गर्न सिकाओस् । तर, केही जानी भेटिइहाल्यो भनेपनि तपाईंलाई आत्महत्या गर्ने तरिकाबारेभन्दा पनि यस्तो नगर्ने सुझाव दिइएको हुनेछ ।



बिमारी 

तपाईंको स्वास्थ्य ठीक छैन । त्यसका केही लक्षण छन् । र, ती लक्षणको आधारमा आफूलाई के भएको हो भनेर जान्नका लागि गुगल गर्नु हुँदैन । यदि गुगलमा तपाईंले ती लक्षणबारे लेख्नुभयो भने के थाहा, कुनै ज्यानलिने बिमारी हो पो भनिदिन्छ कि ? कतिपय अवस्थामा सामान्य बिमारीलाई पनि ठूलो रोग लागेको बताउन सक्छ गुगलले । त्यसैले आफ्नो स्वास्थ्बारे जान्न गुगल होइन, डक्टकहाँ जानुपर्छ ।



  • प्रकाशित मिति : असोज १०, २०७५ बुधबार ६:५६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया