अटो नेपाल म्याग्जिनलाई रोड सेफ्टी मिडिया अवार्ड

मोटर स्पोर्टस खेलकुदका माध्यमबाट विगत १५ वर्षदेखि नेपाललाई प्रवर्धन गर्दै आएका दुई संस्था नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र नासा फाउन्डेसनले संयुक्त रूपमा रोड सेफ्टी मिडिया अवार्ड शनिबार प्रदान गरेको छ ।

नासा नेपाल र नासा फाउन्डेसनले हरेक दुई वर्षमा प्रदान गर्ने अर्वाड यो वर्ष  ‘अटो नेपाल’ म्याग्जिनलाई प्रदान गरिएको हो । नेपालको मोटर स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी, ड्राइभ टुरिजम तथा रोड सेफ्टीको क्षेत्रमा क्रियाशील रही कलम चलाएको उक्त म्याग्जिनलाई अवार्ड प्रदान गरिएको ती संस्थाले जनाएका छन् । अटो नेपालका रोशनकुमार श्रेष्ठ र भुषण कुमार श्रेष्ठलाई अवार्डको साथमा प्रशंसा-पत्र तथा नगद रु ११ हजार १ सय ११ सहित सम्मान गरिएको छ ।

छैटौं ‘युन ग्लोबल रोड सेफ्टी विक’को सन्दर्भमा नासा नेपाल, नेशनल एलायन्स फर सेफ एन्ड  सस्टेनेबल मोबिलिटी तथा नासा फाउन्डेसन लगायतका संघ संस्थाले सञ्चालन गरेको साप्ताहिक अभियान अन्तर्गत सो अवार्ड वितरण गरिएको हो ।





  • प्रकाशित मिति : असार १९, २०७८ शनिबार २२:५५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया