टोटनह्यामका स्ट्राइकर तथा इंग्ल्यान्डका स्टार खेलाडी ह्यारी केन अहिले निकै फर्ममा छन् । यस्तो किन पनि भने उनले यसपटक इंग्ल्यान्डका लागि युरोकपमा निकै राम्रो प्रदर्शन गरेका छन् ।
युक्रेनविरुद्धको क्वाटरफाइनल खेलमा त ह्यारी केनले २ गोल गरेर आफ्नो नाममा इंग्ल्यान्डका लागि रेकर्ड बनाएका छन् ।
युरोपियन च्याम्पियनसिप अर्थात् युरोकपमा नकआउट चरणमा २ गोल गर्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्, ह्यारी केन । उनले युक्रेनविरुद्धको खेलमा पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गरेका थिए ।
यतिमात्र होइन, उनी गेरी लिनकरभन्दा एक गोलले मात्र इंग्ल्यान्डका लागि विश्वकप र युरोकपमा धेरै गोल गर्ने खेलाडीमा पछाडि छन् । गेरीले १० गोल गरेका थिए भने ह्यारी केनले अहिलेसम्म ९ गोल आफ्नो देशका लागि गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।