मेलिना राईको ‘ठूल्दाइको फूलमाला’ सार्वजनिक

गायिका मेलिना राईको ‘ठूल्दाइको फूलमाला’बोलको गीत सार्वजनिक भएका छ । गीतमा गायिका राईलाई गायक आरसी रिमालले साथ दिएका छन् ।

गीत दीपक सिलवालले लेखेका हुन् । गीतकार सिलवालकै संगीत रहेको गीतमा संगीत संयोजन सहस शाक्यले गरेका छन् ।

गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियोमा डान्स ग्रुप ‘द कार्टुन क्रु’का सरोज अधिकारी र आश्मा विश्वकर्माले अभिनय गरेका छन् । साथमा शिशीर भण्डारी, रीता कट्टेल र बाल कलाकार किञ्जल रसाईलीलाई पनि म्युजिक भिडियोमा देख्न सकिन्छ ।

माइकल चन्दले निर्देशन गरेको म्यूजिक भिडियो ज्ञानेन्द्र शर्मा हुमागाईँले छायांकन गरेका हुन् । सिलन लम्सालले भिडियो सम्पादन गरेका छन् ।





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार १०:३८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया