हाम्रो पात्रोबाट एचडी प्रविधिमा रेडियो सुन्न सकिने

नेपालकै लोकप्रिय एप ‘हाम्रो पात्रो’मा अब रेडियो एचडी (हाइ डेफिनेसन) अर्थात उच्च गुणस्तरीय आवाजमा सुन्न सकिने भएको छ ।
 
उच्च गतिको इन्टरनेट सेवा विस्तार हुँदै गएसँगै हाम्रो पात्रोमा उपलब्ध रेडियो स्टेसनलाई थप स्पष्ट सुन्न सकिने व्यवस्था मिलाइएको हाम्रो पात्रोले जनाएको छ । 

यसअघि ३२ केबिपिएस तथा ६४ केबिपिएसमा उपलब्ध रेडियोह अब एचडी अर्थात १२८ केबिपिएसमा समेत सुन्न सकिने एपले जनाएको छ । हाल इमेज एफएम, उज्यालो रेडियो नेटवर्क, विजया एफएम, नेपाली रेडियो नेटवर्क, क्लासिक एफएम एचडीमा गइसकेका छन् । 

बाँकी रेडियोलाई समेत क्रमशः एचडीमा रुपान्तरण गर्ने तयारी चलिरहेको हाम्रो पात्रोका प्रबन्ध निर्देशक सुदिना गौतमले जानकारी दिइन् । ‘अबको केही दिनमा ५० वटा एफएम रेडियोलाई एचडीमा लैजाँदै छौँ,’ उनले भनिन्, ‘यसैगरी अबको दुई महिनाभित्र सयवटा रेडियोलाई एचडीमा उपलब्ध गराउने हाम्रो योजना छ ।’

हाल हाम्रो पात्रोमा देशभरका करिब पाँच सय रेडियो सुन्न सकिने सुविधा छ । हाम्रो पात्रो एपमार्फत देश–विदेश जतासुकैबाट नेपाली रेडियो सुन्न सकिन्छ ।

परम्परागत प्रविधि अर्थात एफएम रेडियोसेट मार्फत सीमित क्षेत्रमा मात्र एफएम रेडियो सुन्न सकिने सीमिततालाई हाम्रो पात्रोले तोडेको छ । जसले गर्दा रेडियो फ्रिक्वेन्सीबिना देशभरका रेडियो विश्वभर सुन्न सम्भव भएको हो ।

८ वर्षअघि अर्थात सन् २०१३ मा रेडियो प्रसारणलाई आफ्नो प्लेटफर्ममा जोडेको हाम्रो पात्रोमा हाल दैनिक चार लाख स्रोताले रेडियो सुन्ने गरेका छन् । न्यून इन्टरनेट ब्याण्डविथ खपत गर्ने भएकाले वाइफाई तथा फिक्सलाइन इन्टरनेट नहुँदाको बखत मोबाइल डेटाबाट समेत हाम्रो पात्रोमा रेडियो सुन्न सकिन्छ । 



यस किसिमको सहजताले अहिले अनलाइनमा रेडियो सुन्नेको संख्यासमेत बढ्दै गएको छ । हाम्रो पात्रोले साउथकास्ट स्ट्रिमिङ प्रविधिमार्फत देशभरका रेडियोलाई आफ्नो एपमा स्ट्रिमिङ गर्दै आएको छ । 

यसका लागि सम्बन्धित रेडियोले कम्पनीलाई स्ट्रिमिङ लिङ्क उपलब्ध गराएका छन् । त्यसबापत रेडियो स्टेसनले हाम्रो पात्रोलाई कुनै शुल्कसमेत तिर्नु पर्दैन ।



  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार ११:२३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया