अब चलचित्रकर्मीले पनि भत्ता पाउने

६० वर्ष कटेका चलचित्रकर्मीलाई राज्यले भत्ता सुविधा दिने भएको छ । चलचित्र विकास बोर्डले श्रमजीवी चलचित्रकर्मी सामाजिक सुरक्षा योजना अन्तर्गत श्रमजीवी चलचित्रकर्मीलाई भत्ता सुविधा दिने जनाएको छ ।

२१औँ स्थापना दिवसको अवसर पारेर बोर्डले उक्त नीति सार्वजनिक गरेको हो । नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनको मुख्य उदेश्यले २०५७ साल आषाढ १६ विधिवत रुपमा स्थापना भएको बोर्डले हरेक वर्ष आफ्नो स्थापना दिवसमा राष्ट्रिय चलचित्र पुरस्कार समेत प्रदान गर्दै आएको छ ।

कोरोना महामारीका कारण यो वर्ष राष्ट्रिय चलचित्र पुरस्कार रोकिएको छ । सहज वातावरण हुने बित्तिकै पुरस्कार वितरण गर्ने बोर्डले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । पछिल्लो समय चलचित्रकर्मी दयाराम दाहाल बोर्ड अध्यक्षमा आएका छन् । दाहाल नियुक्त भएर आएपछि थुप्रै नीति तथा कार्यक्रम बनेका छन् ।

बोर्डले कक्षा ११ र १२ को पाठ्यक्रममा चलचित्र सम्बन्धी व्यवस्थाका साथै काठमाडौं नजिकै काभ्रेको साँगामा अत्याधुनिक इन्डोर स्टुडियो निर्माण काम अघि बढेको समेत विज्ञप्तिमार्फत जनाएको छ । 





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार १२:१५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया