सनातन वैदिक मान्यताको धरातलमा उभिएको सत्य स्वीकारौँ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समाज, राष्ट्र सनातन वैदिक मान्यताको धरातलमा उभिएको सत्य स्वीकार्नका लागि हीनताबोध नगर्न आह्वान गरेका छन् । 

अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत अहिले हामीहरुले हाम्रो परिवार, समाज, राष्ट्र सनातन वैदिक मान्यताको धरातलमा उभिएको सत्य स्वीकार्दै हीनताबोधबाट मुक्त हुनका लागि आह्वान गरेका हुन् । 

थापाले हिन्दु राष्ट्र र संघीयताबारे प्रमुख राजनीतिक दलहरू भित्र बहस हुनु सकारात्मक पक्ष भएको बताए । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा उक्त विषयमा कुरा उठेपछि थापाले सकारात्मक भएको बताएका हुन् ।

पश्चिमा देशहरुले इसाई धार्मिक मान्यतामा समाज, राष्ट्र चलेको छ भन्दा गौरव गर्ने गरेको भन्दै थापाले हामीहरुले पनि सनातन वैदिक मान्यतालाई मान्न हीनताबोध गर्न नहुने बताए । 

 





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार ११:५९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया