बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
जिल्लाको सिगास गाउँपालिका वडा नं ३ बाट डडेल्धुरा तर्फ गइरहेको से १ ज ७३९ नम्बरको जिप लगन भन्ने स्थानमा आइतबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
दुर्घटनामा परी सिगास गाउँपालिका ३ का ४५ वर्षीय मानसिंह साउद र सोही ठाउँका ६४ वर्षीय रामसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए । यस्तै दुर्घटनामा परी ९ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । सिगास गाउँपालिका ३ का ४५ वर्षीय जयसिंह धामी, १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण बोहरा र ४० वर्षीया गोमती साउदको अवस्था गम्भीर रहेको छ ।
यस्तै सिगास गाउँपालिका ३ कै २९ वर्षीय करनसिंह धामी, ४५ वर्षीय दलवीर साउद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीय बासमती धामी र ४४ वर्षीय हरिभान धामी समान्य घाइते भएका छन् । जिपमा १२ जना सवार रहेका बताइएको छ । घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
जिप चालक १९ वर्षीय खगेन्द्र साउद भने फरार रहेका प्रहरीले जनाएको छ । जिप सडकबाट करिब ५० मिटर तल खसेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।