सभामुखको तर्फबाट बहस सकियो, जवाफी बहस सुरु

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । 

अहिले सभामुखका तर्फबाट बहस सकिएको छ । सभामुखका तर्फबाट बहसका लागि पाएको २ घण्टाको समयमा ५ जना वकिलले बहस गरे । सभामुखका तर्फबाट बहस सकिएपछि अहिले रिट निवेदक पक्षको जवाफी बहस सुरु भएको छ। 

जवाफी बहसका लागि सुरुमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ आएका छन् ।  जवाफी बहसका लागि रिट निवेदक पक्षलाई ३ घण्टाको समय दिइएको छ । 
 





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार १५:३१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया