एलिना चौहानलाई मन पर्ने ५ पुरुष

पछिल्लो पुस्ताकी निक्कै रुचाइएकी गायिका हुन्- एलिना चौहान । एलिनाको अहिलेको दैनिकी निक्कै व्यस्त छ । उनी गायनदेखि म्युजिक भिडियोमा लिप्सिङ र अभिनयमा व्यस्त रहन्छिन् । उनलाई मन पराउने थुप्रै छन् । एलिनालाई चाहने पुरुषहरूको संख्या पनि ठूलो छ । गायिका एलिनाले पनि आफूलाई मन पर्ने ५ पुरुषका बारेमा बताएकी छन् । उनलाई मन पर्ने पाँच पुरुष :

नाजिर हुँसेन

आफूलाई मन पर्ने पुरुष छान्नु पर्दा सबैभन्दा पहिला नाजिर हुँसेनलाई छान्ने एलिना बताउँछिन् । नाजिरको अभिनयको निक्कै तारिफ गर्ने एलिनाले उनको साधारण जीवनशैलीबाट पनि निक्कै प्रभावित भएको बताइन् ।

अनमोल केसी

एलिनालाई दोस्रो नम्बरमा मन पर्ने पुरुष हुन अनमोल केसी । अनमोलका अधिकांश फिल्म हेरिसकेको बताउने एलिनाले उनी एकदमै स्मार्ट र ह्यान्डसम लाग्ने बताइन् । अनमोलको अभिनय र चक्लेटी मुहारको एलिनाले खुलेर प्रशंसा गरेकी छन् ।

अरमान मालिक



बलिउड गायक अरमान मालिक एलिनालाई मन पर्ने गायक हुन् । अरमानका प्राय: गीत सुनेको बताउँने एलिनाले उनले गाएका केही गीतका हरेक शब्द कण्ठस्थ भएको सुनाइन् ।

सलमान खान



बलिउड अभिनेता सलमान खान पनि एलिनालाई मन पर्ने पुरुषभित्र पर्छन् । सलमानको अभिनयको खुलेर प्रशंसा गर्ने उनले मिलेसम्म सलमानका हरेक फिल्म हेर्ने गरेको बताइन् ।

शाहरुख खान

अर्का बलिउड अभिनेता शाहरुख खान पनि एलिनाका मन पर्ने पुरुष हुन् । सानैबाट शाहरुखको फिल्म हेर्ने गरेको बताउँने एलिनाले उनको एक्टिङ राम्रो लाग्ने बताइन् ।

  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार १६:७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया