आजको बहस सकियो, जवाफी बहसका लागि २ घण्टा २ मिनेट बाँकी

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइ अन्तिम चरणमा पुगेको छ।  आइतबार सभामुखको तर्फबाट बहस ५ कानुन व्यवसायीले बहस गरिसकेपछि रिट निवेदक पक्षले जवाफी बहस सुरु गरेका छन् । 

जवाफी बहसका लागि रिट निवेदक पक्षले पाएको ३ घण्टामा आइतबार ५८ मिनेट  बहस भएको छ । अब २ घण्टा २ मिनेट समय बाँकी छ । 

जवाफी बहसमा आइतबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरे । 

आइतबार अधिवक्ताहरू मेखराज पोखरेल, कृष्ण सुवेदी र  बरिष्ठ अधिवक्ताहरू उपेन्द्र केशरी न्यौपाने, लव मैनाली र श्यामप्रसाद खरेलले सभामुखको पक्षबाट बहस गरे। 
 





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार १६:३५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया