हामीले पहिल्यै यी व्यक्तिलाई राष्ट्रपति बनाउन हुँदैन भनेका थियौँ, नमान्दा यस्तो परिणाम आयो : झाँक्री

नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले आफूहरुले सुरुमै विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउन नहुने भनेर पार्टीभित्र कुरा उठाएको तर नेतृत्वले त्यसमा बेवास्ता गरेका कारण अहिलेको अवस्था आएको बताएकी छिन् । 

विपक्षी पाँच राजनीतिक दलका विद्यार्थी संगठनले राजधानीमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै झाँक्रीले गलत मान्छेलाई राष्ट्रपति बनाउँदा अहिलेको अवस्था आएको दाबी गरेकी हुन् । 
 
झाँक्रीले भनिन्, ‘हामीले यी व्यक्तिलाई राष्ट्रपति बनाउन हुँदैन। लोकतन्त्र गणतन्त्रको गरिमा कायम राख्नै सक्दिनन् भनेर त्यही बेला आन्तरिक हिसाबले भनेका थियौँ, तर त्यो कुरा मानिएन ।’ आफूहरुले एउटै पार्टीभित्र पनि चेक एण्ड ब्यालेन्स हुनुपर्छ भनेर माग राखेको उनले स्मरण गरिन् । 

आफ्ना जायज सल्लाहलाई नेतृत्वले नमान्दा संविधानको संरक्षण नभएको दाबी गरिन् । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीका कारण संविधानमाथि खतरा भएको उनको टिप्पणी छ । 

‘आज हेड अफ द स्टेट र हेड अफ देक एक्जुकेटिभ मिल्दा संविधान च्यातचुत भएन ?,’ प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधानमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै उनले भनिन्, ‘लाखौँ हजारौँका सपनामाथि तुषारापात भएन ?’

झाँक्रीले प्रतिनिधि सभा पुनर्स्थापना भए पनि राजनीतिक स्थायित्व नहुने उल्लेख गर्दै उनले भनिन्, ‘दुर्भाग्य बदल्ने हामी निर्णायक अवस्थामा छौँ। प्रतिनिधिसभा पुनर्स्थापना हुँदा पनि दुर्भाग्य बदलिँदैन ।’





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार १७:२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया