मेस्सीले रोनाल्डोलाई फ्रिकिक गोलमा पछि पारे

अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्ना प्रतिद्वन्द्वी पोर्चुगलका कप्तान तथा युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् । 

मेस्सीले रोनाल्डोको भन्दा बढी फ्रिकिक गोल गरेका हुन् । मेस्सीले कोपा अमेरिकाअन्तर्गत आइतबार बिहान इक्वेडरविरुद्धको खेलमा थप गरिएको समयमा फ्रिकिकमार्फत गोल गरे ।

यो मेस्सीको ५८औँ फ्रिकिक गोल हो । रोनाल्डोले फ्रिकिकमार्फत ५६ गोल गरेका छन् । 

मेस्सीले बार्सिलोनाका लागि ५० र अर्जेन्टिनाका लागि ८ फ्रिकिक गोल गर्दा रोनाल्डोले रियल मड्रिडका लागि ३२, म्यानचेस्टर युनाइटेडका लागि १३ पोर्चुगलका लागि १० र युभेन्टसका लागि १ फ्रिकिक गोल गरेका छन् । 

फ्रिकिकमार्फत सर्वाधिक गोल गर्ने कीर्तिमान भने ब्राजिलका जुनिन्हो पोर्नाम्बुकानोको नाममा छ । उनले फ्रिकिकमार्फत ७७ गोल गरेका छन् । 





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार १७:२७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया