घण्टाघरअगाडि नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला, १५ जना प्रहरी नियन्त्रणमा

नेपाल विद्यार्थी संघले घण्टाघरसँगै रहेको त्रिचन्द्र क्याम्पसअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाएको छ।

प्रतिनिधिसभा विघटनिवरुद्धआन्दोलनमा उत्रेको नेविसंघले सरकारविरुद्ध आन्दोलन जारी राखेको छ । सो क्रममा संघले आइतबार मसाल जुलुस निकालेको हो । 

प्रधानमन्त्रीको कदमविरुद्ध नेविसंघलगायत विपक्षी पाँच दल निकट विद्यार्थी संगठनले देशभर आन्दोलनमा उत्रिएका छन् । 

आइतबारको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेर आगो निभाएको थियो । 

वर्तमान सरकारले जनताको न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न नसकेको, महँगी बढाएको भन्दै विद्यार्थीले आन्दोलन गरेका हुन् । 



विरोधमा उत्रिएका १५ जना नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 



  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार १८:४१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया