चितवनमा ९ दिनदेखि बेपत्ता युवतीको शव भेटियो

९ दिनदेखि हराइरहेकी एक युवतीको शव चितवनमा भेटिएको छ । चितवनकी सुजता भण्डारी अपहरणमा परेको भन्दै ९ दिनअघि उनको परिवारका सदस्यले प्रहरीमा उजुरी दिएका थिए ।

भण्डारीले अन्तिमपटक दिदीलाई फोन गरेर आफूलाई तीन जनाले अपहरण गरेको बताएकी थिइन् । 

त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका लागि सिआइबीको टोली पनि खटिएको थियो । तर, उनले भनेको ठाउँभन्दा अन्यत्र नै उनको मोबाइलको लोकेसन देखिएपछि उनी अपहरणमा नपरेको हुनसक्ने अनुमान प्रहरीले गरेको थियो ।

उनी अपहरणमा परे पनि कसैले कुनै धम्कीपूर्ण वा फिरौतीका लागि रकम पनि मागेको थिएन । त्यसैले प्रहरीले यो घटनालाई सहज रुपमा लिएको थियो । 

तर, आइतबार साँझ प्रहरीको शव भेटिएपछि घटनाले नयाँ मोड लिएको छ । प्रहरीले फेरि यो घटनाको अनुसन्धान गर्ने जनाएको छ ।





  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार ३:५३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया