फिलिपिन्स : सैनिक विमान दुर्घटनामा मर्नेहरूको संख्या ४५ पुग्यो

फिलिपिन्समा सैनिक विमान दुर्घटना हुँदा मर्नेहरूको संख्या कम्तीमा ४५ पुगेको छ । 

अझै पाँचजना यात्रु बेपत्ता भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेपत्ता भएका यात्रुहरूको खोजतलास जारी छ । घाइतेहरूको भने अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार फिलिपिन्स सेनाका प्रवक्ता कोलोनेल एडगार्ड अरेभललाई उद्धृत गर्दै रोयटर्सले दिएको खबर अनुसार दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको पाटीकुलमा विमान दुर्घटना भएको थियाे । 

त्यहाँको स्थानीय समय अनुसार आइतबार बिहान ११ः३० मा जोजो विमानस्थलमा उड्ने क्रमका रन वे बाट चिप्लिएर विमान दुर्घटना भएको हो । सैनिकहरुलाई लिएर विमान उड्न लागेको थियो ।





  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार ८:७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया