नेपाली तारा सिजन-३ फ्रेमबाट चर्चामा आएका गायक विनोद राई र द भ्वाइस अफ नेपाल सिजन-२ फ्रेमबाट चर्चामा आएकी गायिका ससिका राईको नयाँ गीत रिलिज भएको छ । उनीहरूको युगल गायनमा ‘एकैसाथ यो झरीमा’बोलको गीत सार्वजनिक भएको हो ।
सार्वजनिक गीतमा देबेश राईको शब्द, संगीत तथा संगीत संयोजन सुन्न सकिन्छ ।
गीतको म्युजिक भिडियोलाई फराज अर्पणले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा प्रविन राई र अञ्जना बराइलीको अभिनय देख्न सकिन्छ ।
भिडियोमा निर्देशनसँगै सिनेमाटोग्राफी र सम्पादन पनि फराज अर्पणकै रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।