नेपाली कांग्रेसका एकजना सांसदले राष्ट्रियसभाको सोमबार बसेको बैठकमा प्रतीकात्मक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध 'कालो झण्डा' देखाएका छन्।
नेपाली कांग्रेसबाट निर्वाचित राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री ओलीविरुद्ध प्रतीकात्मक रुपमा आफूले लगाएको क्यापलाई कालो झण्डाका रुपमा प्रस्तुत गरेका हुन्।
कालो कोट र कालो क्याप लगाएर राष्ट्रियसभामा उपस्थित उनले आफ्ना भनाइ राख्ने क्रममा प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध क्यापलाई कालो झण्डाका रुपमा प्रस्तुत गरेका हुन्।
'सदनमा कालो झण्डा देखाउने अवस्था रहेन। कालो झण्डाको रुपमा देखाए कालो क्याप देखाएको छु', उनले भने, 'मैले अहिलेसम्म यसरी क्या लगाएको थिइनँ तर पहिलो पटक प्रधानमन्त्रीको कदमविरुद्ध कालो क्यापलाई कालो झण्डाका रुपमा देखाउँदैछु।'
क्याप टाउकोबाट निकालेर उनले कालो झण्डाका रुपमा देखाएका हुन्। यसलाई उनले प्रतिनिधिसभा विघटनविरुद्धको आवाज रुपमा व्याख्या गरेका छन्।
माननीय रमेशजंग रायमाझीको विरोधको अशर हामीमा पर्ने देखियो। संसदमा कालो रंगको कोट,सर्ट,पाइन्ट,टोपी,जुत्ता लगाएर जान नपाइने हुनसक्छ। सांसदलाई रोक्न मिलेन, पुलिसले पत्रकार कर्मचारीलाई दुख दिन सक्ने अनुमान लगाइयो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।