पूर्व भारतीय क्रिकेटर हरभजन सिंह अब चलचित्रमा पनि देखिने भएका छन् । क्रिकेटबाट सन्यास लिएका सिंह अब फिल्ममा देखिने भएका हुन् ।
हरभजनको जन्मदिनको अवसर पारेर जुन ३ मा उनले खेल्ने नयाँ चलचित्रको एक पोस्टर सर्वाजनिक गरिएको थियो ।
हरभजनले ट्विटरमा पोस्टर सेयर गर्दै सो कुराको जानकारी गराएका हुन् । चलचित्रको नाम फ्रेन्डसिप राखिएको छ ।
चलचित्रमा हरभजनले एक मेकानिकल इन्जिनियरका विद्यार्थीको भूमिका निर्वाह गरेका छन् । जोन पलको निर्देशनमा बनिरहेको चलचित्र हिन्दी र तेलेगु भाषामा रिलिज गरिनेछ ।
भारतले सन् २००७ को टि–२० र सन् २०११ को एक दिवसीय विश्वकप जित्दा टोलीका प्रमुख स्पिनर रहेका हरभजनले मुख्य भूमिका निर्वाह गरेका थिए ।
सिंहले अन्तर्राष्ट्रिय क्रिकेटको सबै विधामा गरेर ७०० भन्दा बढी विकेट हात पारेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।