युरो २०२० : यस्तो छ सेमिफाइनलका चार टोलीको फुटबल इतिहास

युरो २०२० को सेमिफाइनल खेल्ने उत्कृष्ट चार टोलीको टुङ्गो लागिसकेको छ । २४ टोली सहभागी यस प्रतियोगितामा समूह चरण पार गर्दै १६ टोलीले राउण्ड अफ १६ मा स्थान बनाए ।

ती १६ टोली एक अर्कासँग भिड्दै ती मध्ये ८ टोली क्वाटरफाइनलमा पुगे । क्वाटरफाइनलमा पुगेका ती बलिया ८ टोलीबाट पनि अन्तिम ४ ले सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

शनिबार भएको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २-१ ले तथा इङ्ग्ल्यान्डले युक्रेनलाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । त्यस्तै इटालीले बेल्जियमलाई २-१ ले तथा स्पेनले स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३-१ ले हराउँदै सेमिफाइनल प्रवेश गरेका थिए ।  

युरो कपमा बलियो मानिएका तथा युरो कपको एकभन्दा बढी पटक उपाधि चुमेका राष्ट्रहरु यसपटक बाहिरिइसकेका छन् । बलिया प्रतिस्पर्धीलाई उछिनेर केही नयाँ टोलीले यसपटक क्वाटरफाइनलमा पुग्न सफल भए । 

सेमिफाइनलमा बुधबार राति इटाली र स्पेन तथा बिहीबार राति इङ्ग्ल्यान्ड र डेनमार्कले एक अर्काको समाना गर्नेछन् । जसमा विजयी दुई टोलीले आइतबार फाइनलमा भेट गर्नेछन् । 

इटाली 
रोबर्टो मन्सिनीको प्रशिक्षणमा रहेको इटालियन टोलीले बुधबार स्पेनविरुद्ध सेमिफाइनल खेल खेल्नेछ । इटालीले बेल्जियमलाई २-१ ले पछि पार्दै सेमिफाइनलको स्थान पक्का गरेको हो ।



जितसँगै इटालीले ३२ खेलमा अपराजितको रेकर्ड बनायो । यो इटालीका लागि सर्वाधिक खेलमा अपराजित रहेको रेकर्ड हो । 

युरो २०२० को समूह चरणमा शतप्रतिशत जित निकालेको इटालीले समूह चरणको खेल सक्दा नै आफ्नो अपराजित यात्रा ३० खेलसम्म पुर्याएको थियो । अन्तिम १६ को खेलमा अष्ट्रियालाई र क्वाटरफाइनलमा बेल्जियमलाई हराउँदै इटालीले उक्त रेकर्ड पनि आफ्नो नाममा लेखाएको हो । 



युरोको २०१८ संस्करणमा पोर्चुगलसँगको पराजय पश्चात हालसम्म इटालीले हार बेहोर्नु परेको छैन । त्यसपछिको ५ खेल बराबरीमा रोकिएको छ भने अन्य खेलको नतिजा भने इटालीले आफ्नो नाम गरेको छ ।

स्पेन
स्विट्जरल्यान्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै स्पेनले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा रोकिएपश्चात खेल पेनाल्टी सुट आउटमा गएको थियो । 

१० खेलाडीमा सीमित स्विट्जरल्यान्डको टोलीले उत्कृष्ट प्रदर्शन ग¥यो । खेलमा स्पेनले जीत हात पारे पनि स्विस गोल किपर यान सोमरको गोल किपिङको चर्चा भने उक्त खेल पछि ह्वात्तै चुलिएको थियो । 

सन् २०१६ को युरो कपमा स्पेनले इटालीको सामना गरेको थियो । जसमा इटालीले स्पेनलाई २-० ले पछि पारेको थियो । त्यस्तै २०१८ को फिफा विश्वकपमा यी दुई टोलीले एकअर्काको सामना गरेका थिए । उक्त खेलमा भने दुवै टोलीले १-१ गोलको बराबरीमा खेल सकिएको थियो । 

इङ्ग्ल्यान्ड 
इङ्ग्ल्यान्डले युक्रेनमाथि ४-० गोल अन्तरको शानदार जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । इङ्ग्ल्यान्ड २५ वर्षपछि युरो कपको सेमिफाइनलमा पुगेको हो । उसले लगातार ६ खेलमा गोल नखाइकन सेमिफाइनलमा स्थान पक्का गरेको हो । फाइनलका लागि भने इङ्ग्ल्यान्डले डेनमार्कको सामना गर्नु पर्ने छ । 

इङ्ग्ल्यान्डले १९६४ बाट युरो कप खेल्न थालेको हो । उसले १९६८ मा पहिलो पटक अन्तिम तीनको यात्रा पक्का गरेको थियो । २०१२ को संस्करणमा क्वाटरफाइनलसम्म पुगेको इङ्ग्ल्यान्ड २०१६ मा भने अन्तिम १२ बाट नै बाहिरिएको थियो ।
 
इङ्ग्ल्यान्डले २००८ को अन्तिम चरणको छनोट खेल खेल्न पाएको थिएन । १९८४ मा उसले युरो कप खेल्न पाएको थिएन । इङ्ग्ल्यान्ड २५ वर्ष पछि खेल्न लागेको सेमिफाइनलमा डेनमार्कको चुनौतीलाई पन्छाउँदै फाइनल पुग्ने लक्ष्य सहित मैदानमा उत्रिनेछ । 

डेनमार्क 
डेनमार्कले शनिबार राति भएको खेलमा चेक रिपब्लिकलाई २-१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । युरोको यस संस्करणमा फिनल्यान्डसँगको खेलमा डेनमार्कका मिडफिल्डर एरिक्सन मैदानमा लडेका थिए । उनी मैदानमा लडे पश्चातको खेलहरु भने डेनमार्कले उनलाई समर्पित गरेको छ ।  

डेनमार्कले यस अघि १९९२ मा मात्रै अन्तिम तीनमा पुगेको थियो । यस अघि डेनमार्क र इङ्ग्ल्यान्डले २१ वटा खेलमा एक अर्काको समाना गरेका छन् । जसमा इङ्ग्ल्यान्डले १२ वटा प्रतियोगिता आफ्नो नाममा पारेको छ भने डेनमार्कले भने ४ पटक मात्रै इङ्ग्ल्यान्ड विरुद्ध जित हात पारेको छ । 

वेम्बली स्टेडियमको खेलमा ७५ प्रतिशत क्षमता अनुसार ६० हजार दर्शकको उपस्थिति रहने छ ।  

  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार १६:२४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया