दुई हजार ६२२ संक्रमित थपिए, २३ को मृत्यु

पछिल्लो २४ घण्टामा दुई हजार ६२२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा ६ लाख ४६ हजार ३६७ जनाकोरोना संक्रमित भएका छन् ।

११ हजार ५२७ नमुना परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित देखिएका हुन् । ७४९९ मा पिसिआर परीक्षण गर्दा एक हजार ७४५ मा र ४०२८को एन्टिजेन परीक्षण गर्दा ८७७ जनामा पोजिटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९ हजार २४८ पुगेको छ । 

नेपालमा संक्रमणमुक्त हुनेको संख्या ६ लाख ११ हजार ४२९ पुगेको छ । पछिल्लो दिन मात्रै दुई हजार २११ जना संक्रमणमुक्त भएका छन् ।





  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार १७:३१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया