बाघको आक्रमणबाट एक वृद्धको मृत्यु
प्रतीकात्मक तस्वीर

बर्दियामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

जिल्लाको मधुवन नगरपालिका-३ भगरैयाका ६७ वर्षीय चित्रबहादुरको खत्रीको मृत्यु भएको हो ।

खत्रीको शव स्थानीय सम्झना सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खत्री घाँसपात र दाउराका लागि सामुदायिक वनमा गएका थिए । सोही क्रममा उनीमाथि बाघले आक्रमण गरेको थियो । खत्रीको शव मंगलबार दिउँसो ११ बजे फेला परेको थियो । 

खत्रीसँगै यो वर्षमा बर्दियामा बाघको आक्रमणबाट १२ जनाले ज्यान गुमाइसकेका छन् ।


 





  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार ६:४३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया