कालीकोटमा जीप दुर्घटना हुँदा एकको मृत्यु

कालीकोटमा मंगलबार बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाकी ३५ वर्षीया पम्फा फडेरा रहेकी प्रहरीले जनाएको छ ।

यसै गरी दुर्घटनामा परी चार जना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ ।

रास्कोटबाट लालीघाटतर्फ जाँदै गरेको क १ ज २३२३ नम्बरको जीप सान्नीघाटमा दुर्घटना भएको हो । प्रहरीका अनुसार कच्चा सडकका कारण जीप अनियन्त्रित भएर नालामा पल्टिएको थियो ।
 





  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार ९:५२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया