मध्यपश्चिम विश्वविद्यालयका २ उप-प्राध्यापक बर्खास्त

मध्यपश्चिम विश्वविद्यालयका दुई जना उप-प्राध्यापक बर्खास्तमा परेका छन् । परीक्षामा विद्यार्थीलाई आफूखुसी नम्बर दिएको र परीक्षा अगावै विद्यार्थीलाई प्रश्नपत्र उपलब्ध गराएकाे आरोपमा इञ्जिनियरिङ संकाय स्नातकोत्तर कार्यक्रमका निर्देशक उप-प्राध्यापक विश्वनाथ यादव र कानुन संकायका उप-प्राध्यापक सुजन पन्तलाई बर्खास्त गरिएको हो ।

यादवलाई आफूखुसी विद्यार्थीलाई नम्बर दिएको र पन्तलाई प्रश्नपत्र ‘आउट’ गरेको आरोप छ । 

आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएको निष्कर्ष विश्वविद्यालयले निकालेको छ । विश्वविद्यालयमा यादव स्थायी हुन् भने पन्त करार सेवामा कार्यरत थिए । अक्षम्य शैक्षिक अपराध गरेकाले उनीहरूलाई बर्खास्त गरिएको विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले बताए ।

विश्वविद्यालयले उप-प्राध्यापक पन्तलाई यस अघि नै ३ महिनाका लागि निलम्बन गरेको थियो । स्ट्रकचरल इञ्जिनियरिङ विषयको अन्तिम सत्रको प्रयोगात्मक परीक्षामा उपप्राध्यापकले आफूखुसी नम्बर दिएको पाइएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।





  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार १३:५१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया