नेपालमा पछिल्लो २४ घण्टामा २६३४ कोरोना संक्रमित थपिएका छन् ।
१२ हजार ५८५ जनाको कोरोना परीक्षण गराउँदा सो संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५६५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या ६ लाख नाघेको छ।
त्यसैगरी सो अवधिमा १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।